सिरहामा हुण्डी कारोबारमा संग्लगन तिनजना पक्राऊ


शिव दयाल यादब

सिरहा । सिराहा प्रहरीले हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राऊ गरेको छ ।

स्थानीय भगवानपुरबाट हुण्डी रकम बोकेर लाहानतर्फ आउँदै गरेको अवस्थामा  ईलाका प्रहरी कार्यालय महेशवारीले  चेक जाँचको क्रममा स ९ प १९६२ नम्बरको मोटरसाइकलसहित तिन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चेक जाँचको क्रममा सप्तरी जिल्लाको राजबिराज नगरपालिका वडा नम्बर– १० का  ५७ वर्षिय मोटरसाइकल चालक मजित मियाले आफ्नो कम्मरमा लुकाएर ल्याएको स्रोत नखुलेको नेपाली रुपैयाँ ८ लाख १४ हजार ८ सय ९० रुपैया र भारतीय रुपैयाँ  ४ सय रुपैयाँ बरामद गरेको छ ।  

त्यस्तै सोही  ठाउँका  २८ वर्षिय मोटरसाइकलको बिचमा सवार मोहम्मद अल्लाउद्दीनबाट नेपाली रुपैया २ लाख ४ हजार ५ सय र   सोही मोटरसाइकलमा सवार   अजय चौधरीको साथबाट ४ लाख ५ सय गरि जमा  १४ लाख १९ हजार ८ सय नब्बे रुपैयाँ स्रोत नखुलेको सो रकम बरामद गरेको हो । प्रहरीले उनीहरुबाट मोबाईल ३ थान बरामद गरेको छ ।

मोटरसाइकल र रकम सहित उनीहरुलाई  नियन्त्रणमा लिई हुन्डी कारोबार सम्बन्धि कसुर मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 

प्रतिक्रिया