सेतीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

धनगढी। बझाङको सेती नदीमा ट्याक्टर अनियन्त्रित भएर खसेको छ। बुधबार बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर सेती नदिमा खसेको हो।
ट्याक्टर नदिमा खस्दा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा चालक जाजरकोट को भेरी नगरपालिका-२ का २० वर्षिय सञ्जय बुढा रहेका छन भने अर्का व्यक्तिको नाम खुलेको छैन।  
घटनास्थलमा प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ। 

प्रतिक्रिया