पाँच दिन अघि मिस्टर काठमाडौं जितेका राईको हृदयघातले निधन

काठमाडौं । मिस्टर काठमाडौं विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ६ बजेतिर असहज भएपछि उपचारको लागि ग्रान्डी अस्पताल लगिएको राईको ७ बजे निधन भएको हो  ।

४५ वर्षीय राईले  गत शनिबार ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा फोनिक्स फिट्शालाका राई विजेता भएका थिए । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का बासिन्दा राई हाल टीम म्यानेजरसहित टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए ।
राईको मृत्युको कारण खुलिसकेको छैन ।  आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ  । 
 

प्रतिक्रिया