रा.प्र.पा.मा ४० वर्षमुनीका २० युवा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनीका २० जना युवा केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। पार्टीको नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो।पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनोट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएपछि १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको हो।

पुरुष १० जनातर्फ दार्चुलाका अशोक सिंह ‘सम्राट’, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इन्जिनीयर गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौँका समीर शर्मा र यूके प्रवासका डा. डेभिड थापा रहेका छन्।

महिला १० जनातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी इन्जिनीयर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इन्जिनीयर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४ काठमाडौँकी आश्मा कुमारी केसी र हुम्लाकी तारा जैसी छन्।

राप्रापाले पार्टी संगठनको कार्यशैलीमा व्यापक सुधारको नीति अघि सार्दै १ वर्षमा २ लाख सक्रिय सदस्य पुर्‍याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया