आजपनि घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला  एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबारका लागि एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला  एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि भने  एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ । 
 

प्रतिक्रिया