एन्फा महिला लिग : आज चन्द्रपुर र पुलिस क्लब भिड्दै

काठमाडौं । एन्फा महिला लिगमा बुधबार चन्द्रपुर नगरपालिकासँग विभागीय पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछ ।

सातदोबोटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मध्यान्ह १२ बजेर ३० मिनेटमा सुरु हुने खेलमा पुलिस अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ  । 

पुलिस पाँच खेलमा ११ अंकका साथ तेस्रो स्थानमा छ । चन्द्रपुरलाई हराउन सके पुलिस दोस्रो स्थानमा उक्लिनेछ । यता चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछ । चन्द्रपुर पाँच खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । 

यसैगरी दिउसो साढे ३ बजे हुने खेलमा कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन् । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । कर्णाली पाँच खेलबाट एक अंकका साथ नवौं स्थानमा छ । यता पाँचै खेलमा पराजय ब्यहोरेको सुदूरपश्चिमले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया