राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आजपनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज (बुधबार)पनि जारी छ । 

मङ्गलबारदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको भेलामा कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिएको छ । भेलामा विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्तावमा पनि छलफल भएको छ । 

त्यस्तै, आज सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ । त्यस्तै, प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर आज समूहगत छलफल हुने छ भने आजै  प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ ।

त्यस्तै, अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुने नेताहरुले बताएका छन् । भेलामा देशभरबाट एक हजार पाँच सय बढी प्रतिनिधि सहभागी छन् । 

प्रतिक्रिया