आज २ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज २ वटा संसदीय समितिको बैठक बस्दै छ । 

बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुने बताइएको छ । 

त्यस्तै बिहान ११ बजे नै  सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुने छ । 

प्रतिक्रिया