हिजबुल्लाहको पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, सयौं घाइते

एजेन्सी । लेबनानमा हिजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने ह्याण्डहेल्ड पेजर विस्फोटबाट एक बालकसहित नौ जनाको मृत्यु भएको छ । 

बेरुत र अन्य क्षेत्रमा भएका विस्फोटमा इरानका लागि लेबनानका राजदूत सहित २८ सय अन्य व्यक्ति घाइते भएका छन् । तीमध्ये २ सय जना गम्भीर अवस्थामा रहेका छन् । अधिकांश मानिसमा कम्मर, अनुहार, आँखा र हातको भागमा चोट लागेका बताइएको छ । धेरैले औंलाहरू गुमाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मोबाइल फोनहरू ह्याक वा ट्र्यक हुने जोखिमको कारण हिजबुल्लाले समूहले सञ्चारको लागि व्यापक रूपमा पेजरहरू प्रयोग गर्दछ । अपराह्न राजधानी बेरूत र अन्य धेरै क्षेत्रमा पेजर विस्फोट भएको जनाएको छ ।  विस्फोट भएका इरानद्वारा समर्थित हिजबुल्लाले पेजरहरू विभिन्न हिजबुल्ला युनिट र संस्थाका कर्मचारीहरूका रहेको बताइएको छ । आक्रमणलाई आपराधिक संज्ञा दिदै हिजबुल्लाहले न्यायपूर्ण बदला लिने चेतावनी दिएको छ । 

गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएयता इजरायल–लेबनान सीमामा लगभग दैनिक झडपहरू हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले लेबनानमा भएका पछिल्ला घटनाहरूलाई अत्यन्तै चिन्ताजनक भनेका छन् । आक्रमणमा हिजबुल्लाका सांसद अली अमारका छोरा र बेक्का उपत्यकामा हिजबुल्ला सदस्यका १० वर्षीया छोरी मारिएको बताईएको छ ।  लेबनानको छिमेकी सिरियामा पेजर विस्फोटका कारण १४ जना पनि घाइते भएका छन् । 

लेबनानका प्रधानमन्त्री नजिब मिकातिले विस्फोटहरूको लागि इजरायललाई दोष दिएका छन् । उनीहरूले लेबनानी सार्वभौमिकताको गम्भीर उल्लङ्घन र सबै कारण अपराध भएको गरेको बताएका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो लेबनानी समकक्षलाई इजरायली आतंकवादको कडा रूपमा निन्दा गरेको बताएका छन् । 

इजरायलको सबैभन्दा नजिकको सहयोगी अमेरिकाले कुनै संलग्नता अस्वीकार गर्दै इरानलाई तनाव नबढाउन आग्रह गरेको छ  । यस घटनाबारे इजरायली सेनाले टिप्पणी गर्न अस्वीकार गरेको छ । 
 

प्रतिक्रिया