अग्नि सापकोटाको प्रस्ताव– पूर्ण समानुपातिक निर्वाचनमा जाऔँ, खर्च राज्यले ब्यहोरोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले देशलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजानुपर्ने बताउँदै निर्वाचनमा हुने खर्च पनि राज्यले नै ब्यहोर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पूर्वसभामुख समेत रहेका सापकोटाले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको दाबी गरेका हुन् । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएपछि खर्चको विकृति, विसंगति कम हुने सापकोटाको भनाइ छ । 

पूर्व सभामुख सापकोटाले अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो र विकृति र विसंगतियुक्त भएको भने स्वीकार गरे । पूर्ण समानुपातिक प्रणालीमा जाँदा दलहरूले निर्वाचनमा गर्ने खर्च राज्यले व्यहोर्नुपर्ने सापकोटाको भनाइ छ । मन्त्रिपरिषद् गठन हुँदा विज्ञ, विशेषज्ञबाट भन्ने अर्थमा संविधान संशोधन गर्न माओवादी पनि तयार रहेको उनले स्पष्ट पारे ।
 

प्रतिक्रिया