निगमका कार्यकारी अध्यक्ष अधिकारीद्वारा चाडपर्व लक्षित कार्ययोजजा पेश गर्न निर्देशन

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले चाडपर्व लक्षित गरेर यात्रुहरुको सुविधालाई ध्यान दिएर २४ घण्टा भित्र बिशेष कार्ययोजना पेश गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् । 
मंगलबार बसेको निगमको बैठकमा बैठकमा अध्यक्ष अधिकारीले बडादशै, तिहार र छठ पर्वको समयमा जनतालाई सहज  र सरल रुपले नियमित सेवा बाहेकको बिशेष व्यवस्था गर्न आवश्यक निर्देशन दिएका हुन । उनले २४ घण्टाभित्र २ महिने सुधारका बिशेष कार्ययोजना बनाइ पेश गर्न विभागीय प्रमुखहरुलाई  निर्देशन दिएका निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए  ।

 त्यसैगरी अध्यक्ष अधिकारीले यो अवधिभर अत्यावश्यक र जरुरी काम  बाहेक निगमका कर्मचारीलाई विदेशमा तालिम तथा भ्रमणमा नजान पनि निर्देशन दिएका छन् । त्यसैगरी यात्रुहरुको सुविधामा कुनै कमी आउन नदिन निगमको सेवा प्रवाह सुचारु राखिरहन कार्यालयको काममा वाधा नपर्नेगरी  अत्यावश्यक बाहेकका विदा नबस्न पनि अधिकारीले निर्देशन दिएका छन् । 

प्रतिक्रिया