मनाङ एयर दुर्घटनामा मृत्यु भएकाहरुकाे शव हेलिकप्टरमा काठमाडौं ल्याइँदै
सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए। उनीहरूको शव काठमाडौं ल्याउन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको छ। एक जनाको शव थिचिएको अवस्थामा फेला परेको छ भने बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको हो । हेलिकप्टरमा पाइलट चेतबहादुर गुरुङसहित ६ जना चढेका थिए । हेलिकप्टरमा मेक्सिकोका नागरिक , स्माइल फर्नादो सिफुन्टेस गोन्जालेज, स्माइल सिफुन्टेस रिन्कोन, लुज मारिया गोन्जालेज ओलासिओ, मारिया जोस सिफुन्टेस सिफुन्टेस गोन्जालेज र अब्रिल अजेनेथ सिफुन्टेस गोन्जालेज चढेको नेपाल नागरिक उडडयन प्राधिकरणले जनाएको छ । ३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको स्थानीयले बताएका छन । खराब मौसमका कारण हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान दश बजे उडेको यो हेलिकप्टर करिव पन्ध्र मिनेटपछि सम्पर्कविहीन भएको थियो । नाइन एन एमभी कलसाइन रहेको हेलिकोप्टर दूधकुण्ड गाउँपालिका– दुई लामाजुरासम्म नागरिक उड्ययन प्राधिकरणको लुक्ला कार्यालयसँग सम्पर्कमा रहेको थियो । लामाजुराबाट यता काठमाडौं टावरलाई हस्तान्तरण गरिसकेपछि हेलिकप्टर बेपत्ता भएको थियो । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको बताइएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया