इन्द्रजात्रामा नियन्त्रणमा लिएका बालेन समर्थकहरू छुटे

काठमाडौ । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहको फोटो भएको टिर्सट लगाएर इन्द्रजात्रा हेर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।

बसन्तपुर क्षेत्रमा मंगलबार भएको इन्द्रजात्रा हेर्न केही युवाहरू मेयर शाहको फोटोसहितको टिसर्ट लगाएर पुगेका थिए। स्थानीय बासिन्दासँग विवाद भएको भन्दै प्रहरीले १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले सुरक्षाको कारण देखाउँदै  उनीहरुलाई नियन्त्रणमा लिएको थियो। स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो। दिउँसो साढे १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।

प्रतिक्रिया