हनुमानढोकामा इन्द्रजात्राको रौनक, हेर्नुस् तस्बिरमा

काठमाडौ । बर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वको राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । सोही अनुरुप राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका पुगेर इन्द्रजात्राको अवलोकन गरेका छन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरु   उपस्थित छन् ।

प्रतिक्रिया