राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि वर्तमान गठबन्धनः उपप्रधानमन्त्री सिंह

कैलाली ।  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसदका  दुई ठूला दलको गठबन्धन बनेको बताएका छन् । 

नेपाल प्रेस युनियन, कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउनुपरेको धारणा राखे ।  

उनले वर्तमान सरकारले भूकम्प, कोरोना महामारीलगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढाएको धारणा राखे  । सङ्घीयताको मर्म र जनचाहना अनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गतिदिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । 

सहकारी बचत रकम दुरुपयोगका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सहरी विकासमन्त्री सिंहले संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले काम अगाडि बढाउने स्पष्ट पारे ।

प्रतिक्रिया