प्रदेशको संरचना हट्दैन, अझ प्रभावकारी बनाउनुपर्छ: देउवा

ओली प्रजातन्त्रको खिलाफमा नभएको जिकिर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशको संरचना बनिसकेकोले यो हट्ने अवस्था नरहेको बताएका छन्। कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना  गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताएका छन्। 
 “प्रदेश संरचना लागू भइसकेको छ। अब यसलाई हटाउने कुरा भएन । त्यसलाई कसरी अझ अकाउन्टेबल बनाउने भन्ने कुरा प्रमुख हो। हामी त्यसैगरी अगाडि बढ्ने हो,” उनले भने ।
उनले समावेशी, समानुपातिक व्यवस्थालाई हटाउनेबारे सोच्न नसकिने बताए ।   यसलाई अझ प्रभावकारी बनाउने उनले बताए। उनले चुनाव आफैं जित्न नसक्ने समुुदायलाई ल्याउन समानुपातिक प्रणाली आवश्यक भएको बताए।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको खिलाफमा नभएको बताएका छन्। उनले कांग्रेस र एमाले प्रजातन्त्रका लागि लडेको पार्टी भएको पनि बताए।

‘ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हो। प्रजातन्त्रका लागि हामी विद्यार्थी हुँदादेखि नै लड्दै आएको हो, जेलनेल भोगेको पार्टीहरू हो। त्यसैले प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन,’ देउवाले भने । 
 

प्रतिक्रिया