राष्ट्रपति पौडेलले गरे इन्द्रजात्राको अवलोकन

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका पुगेर इन्द्रजात्राको अवलोकन गरेका छन् । इन्द्रजात्रा पर्वको राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । सोही अनुरुप राष्ट्रपति पौडेल हनुमानढोका पुगेर इन्द्रजात्राको अवलोकन गरेका हुन् ।  

प्रतिक्रिया