सौन्दर्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालीम सम्पन्न

महेश दास 
काठमाण्डौ। काठमाडौंमा सौन्दर्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालीम मंगलबार सम्पन्न भएको छ। स्वीडिस मल्टिनेशनल कस्मेटिक्स कम्पनी ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजसंगको सहकार्यमा  तालीम सम्पन्न भएको हो। 
होटल हायातमा भदौ ३१ र असोज १ गते आयोजित तालिममा ओरिफ्लेमका रिटेल, सवबिक्रेता र ब्यूटिशियनहरु गरी करिब ३०० जनाको सहभागिता रहेको थियो। 
तालिममा ओरिफ्लेमका ग्लोवल स्किन एक्सपर्ट अन्ना क्रुसले स्किन र व्यूटीका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए। 
तालिममा मेकअप आर्टिष्ट मेहेक मोहिनले बिबाह जस्ता उत्सवमा गरिने मेकअफ कसरी आकर्षक बनाउने भन्नेबारे प्रशिक्षण दिएका थिऐ। यसैगरी, अर्का प्रशिक्षक ओरिफ्लेमका ग्लोवल कमर्शियल डाइरेक्टर अन्स लण्डबर्गले व्यवसाय र कम्पनीको नीतिबारे जानकारी गराएका थिए।  
ओरिफ्लेमका स्किन केयर, कलर कस्मेटिक्स, मेकअप, हेयर केयर, बडी केयर जस्ता उत्पादन बिश्व प्रशिद्ध ब्राण्डमा पर्छन्। शरीरमा देखिने चायपोतो, डण्डिफोर तथा चाउरी पर्ने जस्ता छालाजन्य समस्याबाट जोगिनका लागि ओरिफ्लेमका उत्पादन निकै प्रभाबकारी सावित भएका छन्। 

यसका साथै, ओरिफ्लेमबाट उत्पादित बिश्व प्रशिद्ध ब्राण्ड कलर कस्मेटिक्स रेञ्जबाट उच्च कोटीको मेकअप समेत गर्न सकिन्छ। एडभान्स ग्रुप अफ कम्पनीजले ओरिफ्लेमका उत्पादन बिक्री गर्नेमात्र नभई ब्यूटिशियनहरुलाई सौन्दर्य सम्बन्धी परामर्श समेत दिदैं आएको छ। 
ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजले ओरिफ्लेमका २०० भन्दा बढी उत्पादन आयात गरी नेपालभरी बिक्री गर्दै आएको छ। सौन्दर्यको बजारमा आक्रामक उपस्थिति जनाएको एडभान्स ग्रुपले एक बर्षभित्र ओरिफ्लेमका ६०० उत्पादन नेपाली बजारमा ल्याउने लक्ष्य राखेको छ। ती उत्पादनमा ग्राहकको सहज पहुँचका लागि प्रमुख शहरहरुमा एक्सक्लुसिभ स्टोरसमेत खोल्ने तयारी गरेको छ। 

प्रतिक्रिया