राजेन्द्र महतोले घोषणा गरे 'राष्ट्रिय मुक्ति क्रान्ति पार्टी'

काठमाडौ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको घोषणा गरेका छन्।

काठमाडौंमा मंगलबारबाट सुरू भएको राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समितिको बैठकमा महतोले नयाँ दल दर्ताको घोषणा गरेका हुन्। बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाईका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरेका हुन् ।उनले केही समयभित्रै यो दल निर्वाचन आयोगमा दर्ता गरिने जानकारी गराएका छन्। उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दाबी गरे । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले देशको विभिन्न संस्कृतिहरुको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए ।

दर्ता प्रक्रियाबारेको निर्णय जारी बैठकले नै गर्नेछ। उक्त पार्टीको अध्यक्ष राजेन्द्र महतो आफै छन्। उनको यो सातौं पार्टी हो। यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।
तीन दिनसम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्ति लगाएतका एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया