अमेरिकी र्‍यापर डीडी कम्ब्स यौन हिंसाको आरोपमा पक्राउ

एजेन्सी । अमेरिकी र्‍यापर सिन डीडी कम्ब्स यौन हिंसाको आरोपमा पक्राउ परेका छन् । उनीमाथि यौन हिंसाको मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार उनी यस्तो  विवादमा तानिएको यो पहिलोपटक भने होइन । यसअघि पनि उनीमाथि यौन दुर्व्यवहारदेखि हातपातको आरोप लागेको थियो । उनीमाथि पूर्व प्रेमिका कस्यान्ड्रा ‘केस्सी’ भेन्चुराले कुटपिटको आरोप लगाएकी थिइन् । उनले सबै आरोप अस्वीकार गर्दै आइरहेका थिए । 

अमेरिकाको होमल्यान्ड सेक्युरिटी अधिकारीहरूले डीडीलाई जारी अनुसन्धान प्रक्रिया अन्तर्गत पक्राउ गरिएको बताएका छन् । उनीविरुद्ध विभिन्न मुद्दाहरू दर्ता छन्, जसमा नाबलिकामाथि बलात्कार, एक जना निर्मातालाई अर्को पुरुषसँग यौनसम्बन्ध राख्न बाध्य पारेको लगायत आरोपहरू रहेका छन् । 

डीडीविरुद्ध मौखिक दुर्व्यवहार, आक्रमण, यौन उत्पीडन र भावनात्मक पीडाको आरोप लगाउँदै गत सेप्टेम्बर १० मा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया