देशमा देखिएका समस्यहरुको मुल कारण नै संविधान हो : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानमा समस्या भएकै कारण कार्यान्वयन हुन नसकेको बताएका छन् । 

संविधान दिवसका सन्दर्भमा कुरा गर्दै उनले संविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै कुरा ठिक हुन्छ भन्ने कुरामा सत्यता नरहेको उनले बताएका हुन् । संबिधानमा निर्वाचन प्रणाली, राज्य संरचना लगायत थुप्रै कुरा त्रुटि रहेको अध्यक्ष लिङ्देनको दाबी छ । 

अध्यक्ष लिङदेनले अहिले कायम रहेका ठुलो संख्याका जनप्रतिनिधिहरुको उपस्थितिलाई कटौती नगरे मुलुकले धान्न नसक्ने समेत स्पष्ट पारे । निर्वाचन प्रणालीमा समेत व्यापक रुपमा परिवर्तन गरेर पाँच बर्षसम्म स्थिर सरकार निर्माण गर्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री  र प्रदेश खारेजी हुनुपर्ने समेत लिङ्देनले दोहोर्‍याए ।

प्रतिक्रिया