इन्द्रजात्रा समारोहमा बालेनको समर्थकलाई हटाएर नियन्त्रणमा राखियो

काठमाडौं । इन्द्रजात्रा विशेष कार्यक्रममा सहभागी एक हुल युवायुवतीलाई प्रहरीले  समारोहस्थलबाट निकालिदिएको छ। काठमाडौको वसन्तपुरमा आयोजित इन्द्रजात्रा विशेष समारोहमा  बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर गएका युवायुवतीलाई प्रहरीले   निकालिदिएको हो । बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर गएकै कारण उनिहरुलाई  समारोहस्थलबाट निकालिएको हो ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखेको छ। जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले बसन्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। समारोहको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । समारोहमा राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने भए पनि अघिल्लो दुई बर्षदेखि मुख्य आकर्षण बालेन रहदै आएका छन् । कार्यक्रममा उपस्थित भिडले यस अघिका बर्षमा पनि बालेनको समर्थनमा जयजयकार गरेका  थिए ।

यस बर्ष पनि समारोह सुरू हुनु अगाडि नै बसन्तपुरमा बालेनका समर्थकको चहलपहल बढिरहेको छ । प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बालेनको नामको टिसर्ट लगाएका युवायुवतीहरूको झुण्डलाई प्रहरीले समारोहस्थलवाट हटाएर नियन्त्रणमा राखेको हो ।

प्रतिक्रिया