अमर्यादिन व्यववहार गर्ने नगर प्रहरीलाई कारवाही

काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी कार्यालयका अनुसार सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । पाँच जना महानगर प्रहरीलाई निलम्बन गरिएको कार्यालयले जनाएको छ ।  उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको बताइएको छ । कारवाहीपछि सबै नगर प्रहरीलाई महानगरले आचरणसम्बन्धी तालिम पनि दिन सुरु गरेको छ । सबै नगर प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन सुरु गरिएको हो । सामाजिक सञ्जालमा व्यापारीलाई लछारपछार गर्ने, घरभित्रैबाट ठेला निकाल्ने भिडियो सार्वजनिक भएपछि महानगरले कारबाही गरेको हो । महानगर प्रहरीबाट पटक पटक अमानवीय व्यवहार भएको जनस्तरदेखि नै गुनासो आए कारबाही गरिएको महानगरले जनाएको छ । केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएको भन्दै विरोध हुँदै आएको छ । 

प्रतिक्रिया