दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना

काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन्  । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको हो । आतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरेको हो  
केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी अहिले शिक्षा लगायतका महत्वपूर्ण विभागहरु सम्हाल्दै आएकी छिन् ।
केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् ।

अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा काण्डको आरोपमा जेलमा थिए । त्यसपछि आइतबार कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए । केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् ।अब   दिल्लीको  नयाँ मुख्यमन्त्रीको जिम्मेवारी आतिशी मार्लेनाले सम्हाल्ने भएकी छिन् ।  

प्रतिक्रिया