रास्वपाले आफ्नो नेतृत्वको सरकार नबनाए सम्म समस्याको समाधान हुँदैन: रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफूहरूलाई निरन्तर प्रहार भइरहेकाले त्यसको सामनाका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरूलाई अझै समस्याले नछाडेको बताए ।
उनले रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाएर देश नहाँकेसम्म अहिले देखिएको समस्याको समाधान नहुने बताए । उनले रास्वपा सकियो भन्नेहरूलाई शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट जित्न सक्नुपर्ने बताए । मानिसहरूले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा गाली खान डराउन नहुने उनको तर्क छ । सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगी नगरेको जिकिर गरेका छन् । उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि हस्तक्षेप गर्न राजनीतिमा आएको दाबी गरे । 

प्रतिक्रिया