भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरूको घुइँचो

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिर सहित विभिन्न शक्तिपीठहरूमा सवारी साधनको पुजा गर्नेको घुँइचो लागेको छ। मंगलबार परेको विश्वकर्मा पूजाको दिन सवारीसाधन समेतको पूजा गर्ने चलन छ। 

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी मनाउने गरिन्छ। आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा लगेर सेलाउने प्रचलन छ।

प्रतिक्रिया