सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य  प्रतितोलामा ६ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला १ लाख ५७ हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार १ लाख ५६ हजार ७ सय निर्धारण भएको छ । 

यसैगरी, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । सोमबार प्रतितोला १ हजार ९ सय १५ मा खरिदबिक्री भएको चाँदी मंगलबारका लागि भने १ हजार ९ सय ५ निर्धारण भएको छ । 
रासस 

प्रतिक्रिया