मनसुन सुरु भए यता देशभर बाढी र पहिरोमा २५ जनाको मृत्यु

यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन । बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर १ सय १९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ । यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ । संखुवासभामा ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन् । पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन् । यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्युु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन गरेको छ । बाढी–पहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने आंकलन छ । 

प्रतिक्रिया