उपसभामुख इन्दिरा राना रसिया प्रस्थान

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गरेकी छन् । 

रसियाको सेन्टपिर्टसवर्ग शहरमा असोज २ गतेदेखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको उडानबाट रसियाको भ्रमणमा  निस्किएकी हुन्।

उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गतेसम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ। 

भ्रमण सकेर उपसभामुख राना असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।
 

प्रतिक्रिया