ट्रम्पको हत्या प्रयासका संदिग्धमाथि बन्दुक अपराधको अभियोग

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशंकामा एक व्यक्तिमाथि बन्दुक अपराधको अभियोगमा कारवाही अघि बढाइइको छ । 

५८ वर्षीय रेयान वेस्ले राउथमाथि दोषी अपराधीका रूपमा बन्दुक राखेको अभियोग लगाइएको हो । राउथमाथि पछि अदालतमा थप आरोप लगाउने प्रहरीको तयारी छ । पूर्वराष्ट्रपति ट्रम्पलाई उनको वेस्ट पाम बिच गल्फ कोर्समा गोली हान्ने असफल प्रयासपछि उनी पक्राउ परेका थिए । 

आइतबार ट्रम्प इन्टरनेसनल गल्फ कोर्सको झाडीबाट बाहिर निस्केको राइफलको ब्यारेललाई अमेरिकी सिक्रेट सर्भिसका एक एजेन्टले देखेपछि राउथलाई पक्राउ परेका थिए । राउथ हवाईस्थिति स्वरोजगार किफायती अवास निर्माता भएको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राउथ नियमित रूपमा सामाजिक सञ्जालमा राजनीति र वर्तमान घटनाका बारेमा पोष्ट गर्दथे । त्यसमा ट्रम्पको आलोचना पनि समावेश रहेको बताइएको छ । 

प्रहरीले घटनास्थलबाट एउटा स्कोप, दुई ब्याकप्याक र एक गोप्रो क्यामेराले सुसज्जित एउटा ‘एके–४७–स्टाइल’ राइफल बरामद गरेको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया