केजरीवालले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार पदबाट राजीनामा दिने भएका छन् । 

दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय सक्सेनाले अपरान्ह साढे चार बजे मुख्यमन्त्री केजरीवाललाई भेट्ने समय दिएका छन् । सक्सेनासँगको भेटमा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताईएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बर १३ मा मदिरा नीति मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएपछि केजरीवालले सेप्टेम्बर १५ मा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । केजरीवालको राजीनामाको घोषणापछि आतिशी, कैलाश गहलोत, गोपाल राई र सुनिता केजरीवालमध्ये कुनै एक दिल्लीको मुख्यमन्त्री बन्न सक्ने चर्चा छ । 

केजरीवाल अब हरियाणाको चुनावी प्रचारमा केन्द्रित हुने बताइएको छ । हरियाणामा अक्टोबर ५ मा मतदान हुनेछ । उनी जम्मू कश्मीर विधानसभा चुनाव प्रचारमा जाने बताइएको छ । 
 

प्रतिक्रिया