राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला मंगलबार (आज)देखि सुरु हुँदै छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने भेलाको सभापति रवि लामिछानेले बिहान ९ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

बुधबारसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान,  विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ । 

भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । 

प्रतिक्रिया