चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । 

सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । 

चीनको मौसम विभागले बिबिन्का आँधीले शङ्घाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । आँधीको पूर्वसूचना पाएलगत्तै शाङ्घाई नगर प्रहरीले सोमबार बेलुका नै चार लाख जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको थियो । 

यस्तै, चेओन्गामिङ जिल्लाबाट नौ हजार जना मानिसलाई पनि सुरक्षित ठाउँमा सारिएको छ । आँधीका कारण चीनमा सयौं उडान रद्द भएका छन् भने शाङ्घाई जोड्ने सबैजसो राजमार्गहरू पनि बन्द भएका छन् । 

प्रतिक्रिया