विश्वकप लिग-२  : क्यानडासँग नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै नेपाल पराजित भएको छ ।

मंगबलार बिहान सम्पन्न खेलमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो। क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन मात्र बनाएर अलआउट भयो।

कुनै पनि ब्याट्सम्यान नचलेको नेपालका लागि करण केसीले सर्वाधिक २७ रन जोडे। उनले २४ बलको सामना गर्दा केसीले २ चौका र २ छक्का प्रहार गरेका थिए। सन्दीप लामिछानेले २२ रन जोड्दा गुल्सन झाले १५ रन थपे।

ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । 

नेपालले २५.१ ओभरमा ७ विकेट गुमाउँदा ८० रन जोडेको थियो। ब्याटिङ लाइन पुरै नचल्दा बलर ब्याटिङ सम्हाल्न पुगेका थिए। विश्वकप लिग-२ मा पाँच खेल खेलिसकेको नेपालले एक मात्र जित निकालेको छ।

क्यानडा भ्रमणमा रहेको नेपालले दोस्रो खेलमा ओमानसँग बुधबार राति प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया