नेटोका शीर्ष नेताको शिखर सम्मेलन आजवाट सुरु हुँदै

स्वीडेनको नेटो सदस्यता र युक्रेनमा संगठनको भावी योजनाहरूबारे छलफल गर्न नेटोका शीर्ष नेताको शिखर सम्मेलन आजवाट सुरु हुँदैछ । नेटो राष्ट्रका प्रमुखहरू आजदेखि भिल्नियसमा दुईदिने शिखर सम्मेलनका लागि भेला हुँदैछन् । स्वीडेनको सदस्यता र युक्रेनसँग नाटोको भविष्यको सम्बन्धमा छलफल हुनेछ । एकै समयमा नेटोको देशहरूले सैन्य र अन्य सहयोगको स्तरवृद्धि गर्ने योजनाहरू सहित आफ्नो क्षेत्रीय योजनाहरू रूपरेखा पनि तय गर्ने बताइएको छ । यसैविच स्वीडेनलाई नेटोमा सामेल हुने बाटो खुलेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान नेटो सदस्यताको लागि स्विडेनको प्रस्तावलाई ग्रान्ड नेशनल एसेम्बलीमा समर्थन गर्न र अगाडि बढाउन सहमत भएका हुन । टर्कीले लामो समयदेखि नेटोमा सामेल हुन स्वीडेनको आवेदनको विरोध गर्दै आएको थियो । नयाँ घटनाक्रमको जानकारी दिँदै नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले यसलाई ऐतिहासिक कदम भनेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले पनि स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन र स्वीडेनलाई नेटोको ३२ औं सहयोगीका रूपमा स्वागत गर्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन । यद्यपि स्वीडेनको प्रस्तावलाई टर्कीको संसदले अनुमोदन गर्न बाँकी छ । नेटो सदस्य हंगेरीले स्वीडेनको प्रस्तावलाई अझै अनुमोदन गरेको छैन । त्यस्तै नेटो सदस्यहरू रूसबाट आक्रमणको घटनामा कसरी प्रतिक्रिया दिने भन्ने योजनामा रुरुसहमत भएका छन । शिखर सम्मेलनको एक दिन अघि टर्कीको अवरोध पार गर्दै नेटो सदस्य राष्ट्रविच सहमति जुटेको हो । 
 

प्रतिक्रिया