नेपाल–माल्टा सम्बन्धको ४१औँ वार्षिकउत्सव मनाइदै

काठमाडौँ ।  नेपाल–गणतन्त्र माल्टाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४१औँ वार्षिकउत्सव तथा माल्टाको ६० औँ स्वतन्त्रता दिवस एक समारोहको आयोजना गरी मनाइएको छ ।आज सोमबार यहाँ आयोजित समारोहमा गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले स्वागत गर्दै नेपाल–माल्टाबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै गएको उल्लेख गरेका छन् ।

साथै उनले पछिल्लो समय माल्टामा नेपालीहरूको सङ्ख्या बढ्दै गएको र नेपाली नागरिकको कामको प्रशंसा समेत गरेका छन् ।समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सङ्घीय सांसद, गणतन्त्र माल्टाका गैरआवासीय राजदूत गौसी, माल्टाका अवैतानिक वाणिज्यदूत दिनेश श्रेष्ठ, विभिन्न मुलुकका अवैतानिक वाणिज्यदूत, उद्योगी, व्यावसायीलगायतको उपस्थिति रहेका छन् ।

सो अवसरमा नेपाल–माल्टा सम्बन्धको वृतचित्र प्रदर्शन गदै साथै नेवारी संस्कृतिका कुमारी र भैरव नृत्य देखाएका छन् ।सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहि आएको छ । युरोपको टापु राष्ट्र माल्टामा हाल करिब १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको तथ्याङ्क छ ।

रासस

प्रतिक्रिया