भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
काठमाडौँ । भारत सरकारको सहयोगमा निर्मित भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवनको उद्घाटन गरेका छन् ।नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको रु एक करोड १३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको आज प्रतिनिधिसभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा उनीहरुले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरेका छन् । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको छ ।
भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तले विद्यालय भवन निर्माण गरेको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजना कार्यान्वयन गरेका हुन् ।सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको महेन्द्र शान्ति माध्यमिक विद्यालय सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या आठ सय छन् । जसमध्ये ४५ प्रतिशत छात्राहरु छन् ।
रासस
प्रतिक्रिया