वनमन्त्री ठकुरीसँग कोलोम्बिया राजदुतको भेट

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कोलोम्बियाका राजदूत भिक्टोर हुगो इचेवेररी जरमिल्लोले शिष्टाचार भेट गरेका छन् ।मन्त्रालयमा आज भएको भेटवार्तामा उनहरूबीच नेपाल र कोलोम्बियाबीचको ३६ वर्ष देखिको कूटनीतिक मित्रवत सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री ठकुरीले कोलोम्बिया सरकारले जैविक विविधता महासन्धिको १६औँ सम्मेलन आयोजन गर्न लागेकामा खुशी व्यक्तगर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । “कोलोम्बियाको घना जङ्गलबारे मैले पनि धेरै कुरा सुनेको छु,” मन्त्री ठकुरीले भने, “हामीसँंग पनि प्राकृतिक स्रोतहरू पहाड, वनजङ्गल रहेका छन् ।”उनले नेपालमा २४ प्रतिशत संरक्षित क्षेत्र २४ हजार वन उपभोक्ता समिति वन र जैविक विविधता संरक्षण जुटेको बताउँदै बाघ, गैँडा, हात्तीजस्ता ठूला जनावर हिमाल र जङ्गल हाम्रो संरक्षणको प्राथमिकता रहेको र यिनीहरूलाई पर्यटनको प्रमुख आधार बनाउन चाहेको उल्लेख गरे ।

मन्त्री ठकुरीले जैविक विविधता संरक्षणका रणनीति र योजनाको संरचनामा छलफल गर्न आवश्यक रहेको उल्लेख गर्दै विकासशील र अल्पविकसित देशले जैविक विविधतामा आश्रीत समुदायका बारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया