परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छिन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनि त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए । क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।सो सम्मेलनमा परराष्ट्रमन्त्री डा राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरुमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको बताइन् ।

सो बैठकपछि मन्त्री डा राणा अमेरिका प्रस्थान गर्ने भएकी छिन् । उनि अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुने भएकी छिन् ।  अमेरिकामा रहँदा मन्त्री डा राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुने भएकी छिन् ।

मन्त्री डा राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्ने भएकी छिन् । सो सम्मेलनलाई परराष्ट्रमन्त्री डा राणाले सम्बोधन गर्ने भएकी छिन् । मन्त्री डा राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्किने भएकी छिन् ।

प्रतिक्रिया