कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

तुलसीपुर ।  नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिएकी छिन् । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनिले राजीनामा बुझाएकी छिन्। 

उनिले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिएकी छिन् । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त भएकी थिइन् । 

रासस

प्रतिक्रिया