दाहाललाई प्रधानमन्त्री नबनाउनु कांग्रेसको गल्तीः सहमहामन्त्री केसी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुन नरसिंह केसीले पहिलो चरणमै पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नबनाउनु गल्ती भएको बताएका छन् । 

एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम विशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै केसीले २०७९ को निर्वाचन लगत्तै दाहाललाई प्रधानमन्त्री नबनाउनु कांग्रेसको गल्ती भएको बताएका हुन् । उनले अहिले देश २०१८ साल यताकै सबैभन्दा निराशाजनक  अवस्थामा रहेको भन्दै राजनीतिक दलका नेताहरुकै कारण यो अवस्था आएको बताए ।  

देश  अनियमितता र भ्रष्टाचारले जर्जर भएको र त्यसमा नेताहरु जिम्मेवार रहेको पनि कांग्रेस सहमहामन्त्री केसीको टिप्पणी छ । केसीसँगको बिस्तृत कुराकानीको अंश आज राति ९ बजे एभिन्यूज खबर टेलिभिजनमा प्रसारण हुनेछ ।  

प्रतिक्रिया