प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथग्रहण

लुम्बिनी । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनसँगै आयोगका सदस्यहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् भने उपाध्यक्ष अर्यालले सदस्य डा सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराएका हुन् ।

आयोगका उपाध्यक्षसहित सदस्यलाई आज सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका थिए ।प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूची २ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

सपथ ग्रहण कार्यक्रमपछि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको सुखद् भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिए ।

रासस
 

प्रतिक्रिया