एभिन्यूजको  मधेश प्रदेश ब्यूरो सम्पादकमा जितेन्द्र खड्गा नियुक्त

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनको  मधेश प्रदेश ब्यूरोको सम्पादकमा जितेन्द्र खड्गा नियुक्त भएका छन्।

सप्तरी निवासी खड्गा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल छन् । एभिन्यूज खबरले मधेश प्रदेशको ब्यूरो कार्यालय जनकपुरमा राख्ने निर्णय गरेपछि खड्गालाई सम्पादकको जिम्मेवारी दिइएको हो । मधेशमा निष्पक्ष पत्रकारको छवि बनाएका खड्गाले  १४ वर्षसम्म  कान्तिपुरको सप्तरी प्रतिनिधिका रुपमा काम गरेका थिए । पत्रकार महासंघ सप्तरी जिल्ला सभापतिको रुपमा पनि उनले एक कार्यकाल सफलता पूर्वक चलाएका थिए ।

छापा, रेडियो र टेलिभिजन पत्रकारिताका अनुभवी पत्रकार खड्गालाई सोमबार एभिन्यूजले नियुक्तिपत्र प्रदान गरेको हो । खड्गा मधेसी समुदायमा लोकप्रिय पत्रकारका रूपमा चिनिन्छन्। एभिन्यूजका खबर प्रमुख केदार कोइराला र मधेश प्रदेश ब्यूरो प्रमुख ज्योति झाको उपस्थितिमा एभिन्यूज टेलिभिजनका मानव संसाधन बिभाग प्रमुख सुधिर फुयालले  खड्गालाई नियुक्ति पत्र दिएका हुन। सो अवसरमा खड्गाले नयाँ जोश जाँगरका साथ एभिन्यूजको प्रतिष्ठा मधेश प्रदेशमा उँचो राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
 

प्रतिक्रिया