सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई संसद्‌को निर्देशन

काठमाडौँ । संसद्‌ल‍े सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा समितिको प्रतिवेदन पेश भएपछि सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए।

सभामुख घिमिरेले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु।’

सोमबारको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रले प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदन पेश गर्दै गोरखा मिडिया नेटवर्कमा सहकारीबाट ८५ करोड रुपैयाँ अवैध रुपमा ल्याइएको सभापति थापाले संसद्‌मा बताए।

समितिले गोर्खा मिडिया नेटवर्क प्रालीको तर्फबाट सहकारीको रकम अपचलनमा रवि लामिछाने दोषी देखिएको ठहर गरेको छ।

प्रतिक्रिया