झापा विद्रोहको प्रसंग निस्केपछि ओलीले भने: पाँचथर घटनालाई के भनेर बुझ्ने ?

काठमाडौँ । माओवादी केन्द्रका नेता शक्ति बस्नेतले झापा विद्रोहको प्रसंग निकालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर घटनालाई जोडेर प्रतिप्रश्न गरेका छन्। ओलीले पाँचथरमा केही साता अघि भएको विस्फोटमा दुई बालबालिकाको मृत्यु भएको विषयलाई के भन्ने भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा  नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रतिनिधि सभा बैठकमा क्रान्तिलाई हिंसाका रूपमा व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने भनेर प्रश्न गरेका थिए ।

उनले भने, 'क्रान्तिलाई हिंसाको रूपमा ब्याख्या गर्ने हो भने झापा आन्दोलनलाई उग्र बामपन्थी भड्काव मात्र भन्ने कि हिंसात्मक गतिविधि?  २००७ साललाई के भन्ने?'  

बस्नेतको सोही प्रश्नतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेका हुन् । उनले आफू धेरै विषयमा चर्चा गर्न उपस्थित नभएको भन्दै पाँचथर घटनाबारे भने सुरुवातमै उल्लेख गरे । ओलीले बैठकमा पाँचथर विस्फोट र बालबालिकाको मृत्युबारे चर्चा गरेका हुन् । 

उनले भने, ‘प्राकृतिक प्रकोप पनि होइन त्यो। बम बिस्फोटबाट भन्नुपर्ने हो कि होइन ! दुई बालबालिकाको मृत्यु भयो, दुई जना घाइते छन्।’ सो घटनालाई के भनेर बुझ्ने ?'

प्रतिक्रिया