उपसभामुख हटाउने कुरा भएको छैन, के रहेछ भनेर सोध्न नपाउने ? प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक टिप्पणी भएको बताएका छन् ।संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले  उपसभामुखबारे कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताएका हुन् ।‘ 

भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको थियो ।  बैठकमा  उनी आफैंले उपसभामुखको विषय उठाएका थिए ।नेपाली कांग्रेसले पनि उपसभामुखले पद अनुकुलको आचरण नगरेको भन्दै राजीनामा माग गरेको थियो ।सोहीबारे संसद्लाई जानकारी दिँदै उनले अनावश्यक कुरा नउचाल्न आग्रह गरे ।

सोमबार प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा उठेका प्रश्नबारे बालुवाटार बैठकमा छलफल भएको संकेत गरे । उनले प्रश्न गरे, ‘उठेका विषयमा कहिँ कसैले कुरा गरे रे भनेर के कुरा गर्‍यौ, किन कुरा गर्‍यौ भन्ने, ए बाबा कस्तो हो, संसदमा कुरा उठ्छ, के रहेछ भनेर सोध्न पनि नपाउने ?’

उपसभामुखको कुरा उठ्दा जातीयता र लिंगीय विभेदका कुरा उठाएर गालीगलौच गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए ।

 

प्रतिक्रिया