भीमफेदीबाट सात बालश्रमिकको उद्धार

बागमती । श्रम तथा रोजगार कार्यालय हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीस्थित विभिन्न होटलबाट आज सात बालश्रमिकको उद्धार गरेका छन् ।अनुगमननका क्रममा होटलमा बालश्रमिक राखेको पाएपछि उनीहरुको उद्धार गरी बालश्रमिक राख्ने होटल सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए ।

होटल सञ्चालकले बालबालिकालाई होटलमा विभिन्न काममा लगाउने गरेको पाइएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ मा ३५ बालश्रमिकको उद्धार गरी उनीहरुलाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठानको  अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरेको हो । प्रमुख श्रेष्ठले भने ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु तीन लाख ९१ हजार क्षतिपूर्ति तिराएको बताए ।

रासस     

प्रतिक्रिया