राष्ट्रियसभाः प्रस्ताव स्वीकृत

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेका ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । 

उक्त प्रस्तावमाथिको छलफलमा पदमबहादुर परिवारले रेडियो भूमिकाको सन्दर्भमा स्पष्ट पार्नुपर्ने सुझाव दिएका छन् । 

सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मन्त्री गुरुङले राष्ट्रियसभामा मुस्लिम आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका थिए । राष्ट्रियसभा नियमावली २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत भएको छ ।

रासस

प्रतिक्रिया