संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं । संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ ।’

प्रतिक्रिया