सहकारी ठगी छानबिनको प्रतिवेदनमा समितिका सबैले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिले तयार पारेको प्रतिवेदनमा सबै सात सदस्यले हस्ताक्षर गरेका छन् । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै हस्ताक्षर भएको हो ।

रास्वपाका तर्फबाट सदस्य रहेका शिशिर खनालले सहकारी अपचलनमा रविमाथि कारवाही सिफारिस गर्ने आधार नरहेको भन्दै अडान लिएपनि अन्त्यमा सबैले हस्ताक्षर गरे ।आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदनमाथि प्रतिनिधिसभा बैठकमा पेश हुनेछ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया